पुलिसको कुरा लेखिरहने पत्रकार किन पक्राउ ?

पुलिसको कुरा लेखिरहने पत्रकार किन पक्राउ  ?

प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै गृहजिल्ला गएका एक जना फर्केर राजधानी टेक्नासाथ पक्राउ परेका छन् । उनी गत साता आइजीपीसँगै गुल्मी गएका थिए तर आज फर्कंदा विमानस्थलबाट पक्राउ परे ।

मदनबाबु भण्डारी नामक पत्रकारलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रायः प्रहरी र सुरक्षा निकायको विषयमा लेखिरहने उनी एकाएक पक्राउ पर्नुको बिस्तृत विवरण खुल्न बाँकी नै छ । 

तर भण्डारीले सरकारी कागजपत्र नक्कली बनाएको भेटिएको प्रारम्भिक सूचना बाहिरिएको छ । उनले नेपाल प्रहरीले बनाउने चालचलन प्रमाणपत्र नै नक्कली बनाएको आरोप लागेको छ । उनले मदनबाबु भण्डारीको वीचबाट बाबु झिकेर प्रमाणपत्र निकालेका थिए । 

उक्त प्रमाणपत्र भण्डारीले आफ्नै घरमा बनाएको बुझिएको  छ । गुल्मीकै एउटा पालिकाको सिफारिस भन्दै प्रहरीको लेटरहेडमा नक्कली प्रमाणपत्र बनाएको तथ्य आरोपमा विमानस्थलबाट पक्राउ गरिएको हेडक्वार्टर श्रोतको भनाइ छ । 

उनको पक्राउबारे पुष्टि गर्दै प्रहरीको उच्च स्रोतले भन्यो, ‘अब यिनको पनि थुप्रै कथा आउलान् । यसअघि पुलिसलाई थर्काउँदै,सरुवा र बढुवा गर्छु भन्दै पैसा खाएको खबर असरल्ल हुने अवस्था छ ।’
प्लेन टिकट, ब्ल्याक लेबल सबै प्रहरीले जोहो गरिदिनुपर्ने बाध्यता थियो । कतिपय अवस्थामा ब्राण्डेड सामानसमेत किनिदिनुपर्ने बाध्यताबाट उक्त समाचारपछि धेरै जना प्रहरी अधिकृतले राहतको सास फेरेको बताइन्छ ।
 

टिप्पणीहरू