राससलाई पत्रकार चाहियो

राससलाई पत्रकार चाहियो

राष्ट्रिय समाचार समिति (रासस) ले ठूलो संख्यामा कर्मचारी भर्ना गर्ने भएको छ । खुला तथा समावेशी दुबैबाट कर्मचारी परिपूर्ति गर्न राससले नवौं तहदेखि चौथों तहसम्मका लागि आवेदन आह्वान गरेको हो । 

राससले आज निकालेको सूचनामा वरिष्ठ समाचारदाता/कार्यकारी सम्पादक, सहसमाचारदाता/सहसम्पादक, उपसमाचारदाता/उपसम्पादक, कम्प्युटर अधिकृत, अधिकृत, वरिष्ठ समाचार सहायक, वरिष्ठ सहायक र समाचार सहायक तहका कर्मचारी मागिएको उल्लेख छ । 

सूचनामा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी जेष्ठ १९ गतेसम्म आवेदन दिनसक्ने जनाइएको छ ।  

नवौंदेखि छैटौं तहका पदसम्मका लागि २१ वर्ष उमेर पूरा भई पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । 

त्यस्तै, पाचौं र चौथों तहका पदका लागि १८ वर्ष उमेर पूरा भई पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू