गण्डकीका मुख्यमन्त्रीलाई बहुमतको विश्वास

गण्डकीका मुख्यमन्त्रीलाई बहुमतको विश्वास

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गरेको बताइएको छ । उनको पक्षमा प्रदेश सभाका ३५ जनाले मतदान गरेका छन् ।

विपक्षमा २२ मत खसेको जानकारी दिइएको छ । ६० सदस्यीय प्रदेशसभामा काँग्रेसका २७ , एमालेका २२ ,माओवादीका ७ , राप्रपाका २, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र एक जना सदस्य छन् ।

आजको मतदानमा राप्रपाका सदस्यहरु तटस्थ बसेका हुन् ।

टिप्पणीहरू