माधव नेपाल सुर्खेत प्रस्थान
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सुर्खेत जानुभएको छ । उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।
अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल बुद्ध एअरको उडान नम्बर बीएचए १३३ मा बिहान ८ बजे काठमाडौंबाट सुर्खेत जानुभएको हो । पार्टी संगठनको क्रममा उहाँ मुलुकका विभिन्न जिल्ला जाउआउ गरिरहनुभएको छ ।
सोही क्रममा अस्ति पोखरा जानुभएको थियो ।
टिप्पणीहरू