महावीरलाई सघाउन राजावादीहरु हुल बाँधेर सडकमा

महावीरलाई सघाउन राजावादीहरु हुल बाँधेर सडकमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माइतीघर मण्डला पुगेर आन्दोलनमा सहभागी हुँदै समर्थन जनाएका हुन् ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ भन्दै पुनले शुक्रबारदेखि मण्डलामा आन्दोलन थालेका छन् । पुनको आन्दोलनलाई समर्थन गर्न लिङ्देनसहित राप्रपाका नेताहरु धुवबहादुर प्रधान, बृद्धिमान तामाङलगायत आज दिउँसो १२ बजे मण्डला पुगेका थिए । 

त्यसक्रममा लिङ्ग्देनले अनुसन्धान, नवप्रवर्धन र आविष्कार प्रवर्द्धनको विषयमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । संसदबाट कानुन बनाएर पुनको माग सम्बोधन गर्नुपर्ने उनले बताए ।

टिप्पणीहरू