सँधै विदेश गइरहने एमाले सांसद मध्यरातमा कोरिया
एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल कोरिया गएका छन् । उनी गएराति साढे १२ बजे काठमाडौंबाट सिओलतर्फ उडेको बताइन्छ ।
ढकाल क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ६०४ मा हङकङ हुँदै त्यसतर्फ गएका हुन् ।
उनी अघिल्लो साता नयाँ दिल्लीबाट फर्केका थिए । त्यसअघि बैंकक गएका थिए । पछिल्ला एकाध महिनामा उनी पटक पटक क्वालालम्पुर, मनिला र सिडनी आउजाउ गरेका थिए ।
टिप्पणीहरू