गण्डकीका पूर्वमुख्यमन्त्री फोक्सोमा पानी जमेपछि अस्पताल भर्ना

गण्डकीका पूर्वमुख्यमन्त्री फोक्सोमा पानी जमेपछि अस्पताल भर्ना

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री अस्पताल भर्ना भएका छन् । पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राजधानीको ग्राण्डी अस्पतालमा भर्ना भएको बताइएको छ ।

श्वासप्रश्वासमा असहज भएपछि चिकित्सकको परामर्श र परीक्षण पश्चात् अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ । पोखरेलको फोक्सोमा पानी जमेको देखिएको छ ।

फोक्सोमा पानीसँगै निमोनियाको लक्षण समेत देखिएकाले पूर्वमुख्यमन्त्रीलाई हिजो भर्ना गरिएको हो । कम्तीमा पाँच दिन अस्पतालमा बस्नुपर्ने जनाइएको छ ।

अस्ति तनहुँ तमु समाज पोखराको कार्यक्रममा सहभागी हुन पुगेका पोखरेललाई सोही साँझबाट श्वास फेर्न गाह्रो भएको हो । पोखराका चिकित्सकहरुको सुझावपछि हिजो हवाईजहाजबाट काठमाडौं आएर ग्राण्डी अस्पताल भर्ना भएका हुन् ।

टिप्पणीहरू