नयाँ दिल्लीमा उपचाररत राष्ट्रपतिबारे अनर्गल प्रचार नगर्न प्रेस सचिवको आग्रह

नयाँ दिल्लीमा उपचाररत राष्ट्रपतिबारे अनर्गल प्रचार नगर्न प्रेस सचिवको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । राष्ट्रपतिका प्रेस सचिव किरण पोखरेलका अनुसार भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । 

पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य अवस्था क्रमिकरुपले सुधारोन्मुख छ । केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकहरूले बताएका छन् ।’

पोखरेलले भारतमा गरिएको उपचार सम्बन्धमा सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएका हुन । उनले राष्ट्रपति पौडेलको नेपालमै उपचार गर्ने चाहना भए पनि चिकित्सक टोली, प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा भारत आउनुपरेको उल्लेख गरेका छन् ।

लेखिएको छ, ‘नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्दति कानून, नियम र निश्चित विधिअनुसार हुने स्पष्ट हुँदाहुँदै पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्ने मनसायले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

टिप्पणीहरू