विकाससँगै प्रकृतिको अनुपम नमूना

भिडियो : सिन्ह्वा

चीनको दक्षिणी भेगमा विकाससँगै प्रकृतिको अनुपम नमूना देखिन थालेको छ । शहरी क्षेत्रलाई हरियाली र फूलसँगै अघि बढाइएको दृश्य क्वाङतोङ, हङकङ र मकाओ वरपरका शहर र क्षेत्रमा देख्न थालिएको छ ।

मानिस र प्रकृतिको सन्तुलनलाई आपसमा मिलाउन उक्त योजना अघि सारिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । यसबाट सो क्षेत्रको आर्थिक विकास र प्रकृति संरक्षणमा उल्लेख्य सफलता मिल्दै गएको बताइएको छ ।

बेलायती डिजाइनर म्याट केट्लीको उक्त योजनाले मूर्तरुप लिएपछि अहिले चीनमा धेरैको मन जितेको पाइन्छ । सो क्षेत्रका खाली जमिनमा देखिएको बगैंचा, शहरी जंगल र मनमोहक बगैंचाले शहर र प्रकृति, मानव र प्रकृति एवम् विकास र प्रकृतिलाई एकै ठाउँमा ल्याइदिएको हो ।

 

टिप्पणीहरू