राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदान अवलोकनकाे निम्तो

राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदान अवलोकनकाे निम्तो

धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्कराज राईले श्रमदानको स्थलगत अवलोकनको निम्ति राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा पठाएका छन् । राष्ट्रपतिको कार्यालय शीतलनिवास र प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्दै नगरप्रमुख राईले धरानमा खानेपानीको समस्या र समस्या समाधानको निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकनका लागि आमन्त्रणा गरेको बताइएको छ । 

उनले श्रमदान अभियानको स्थलगत अवलोकनका साथै श्रमदानमा सहभागिता जनाउन समेत राष्ट्रपति र प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् ।

उनीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीलाई लेखिएको पत्रमा भनिएको छ, ‘दशकौं पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या, आपूर्तिको अवस्था र समस्या समाधान निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन  सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु ।’

यो पनि...

1. हाम्रा कर्मचारीलाई पनि यसो गरे कसो होला ?

2. पशुपतिमा दर्शनार्थीले भेटी चढाएको घ्याम्पो गायब, प्रहरीसङ्ग हारगुहार

3. ढाकाकुमारलाई कारबाही गर्न रास्वपाको बैठक सर्यो

टिप्पणीहरू