काँग्रेसका शिक्षकहरु सुकेधारामा जुटे

काँग्रेसका शिक्षकहरु सुकेधारामा जुटे

नेपाली काँग्रेसको शुभेच्छुक संगठन नेपाल शिक्षक संघको महाधिवेशन काठमाडौँमा शुरु भएको छ । सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा भव्य समारोहका बीच काँग्रेस सभापति शेरबहादुर देउवाले संघको ९ औं संघीय महाधिवेशन उद्घाटन गर्नुभएको बताइएको छ । 

महाधिवेशनमा महामन्त्री गगन थापा पनि शुभकामना दिन पुगेका छन् । त्यस्तै, शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेललगायत काँग्रेसमा संगठित शिक्षकहरु महाधिवेशनमा सहभागी छन् ।

टिप्पणीहरू