पूर्व गभर्नर एभरेष्ट होटलमा, गभर्नर र्याडिसनमा
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । लाजिम्पाटस्थित होटल र्याडिसनमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुने बताइएको छ ।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पछिलो १० महिनाको आर्थिक तथा वित्तीय स्थितिबारे जानकारी गराउन पत्रकार सम्मेलन राखिएको जनाएको छ । ‘पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाबारे अनर्गल प्रचार गरिएकाले १० महिने आर्थिक स्थिति सार्वजनिक गर्ने क्रममा पत्रकार भेटघाट राखिएको हो । विगतमा पनि यस्तै गरिएको हो, अन्यथा केही होइन,’ बैंकको उच्च स्रोतले बतायो ।
उता पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडाले पनि आजै दिउँसो २ बजे छलफल कार्यक्रम राखेका छन् । नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा लघुवित्त वित्तीय संस्थाबारे सांसदहरुसँग अन्तरक्रिया राखिएको लघुवित्त महासंघले जनाएको छ ।
| यो पनि... 1. प्रधानमन्त्रीद्वारा बायाँतर्फका बैंकरहरुलाई आश्वासन : ‘ब्याजदर घटाइन्छ’ |
टिप्पणीहरू