सशस्त्रको बाहिनीपति कप खेलकुद सम्पन्न, नम्बर १९ बगलामुखी गण प्रथम

सशस्त्रको बाहिनीपति कप खेलकुद सम्पन्न, नम्बर १९ बगलामुखी गण प्रथम

सशस्त्र प्रहरी बलको पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सञ्चालित ‘बाहिनीपति कप २०७९’ का विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । चैत्र १९ गतेदेखि सञ्चालित प्रतियोगितामा नम्बर १९ बगलामुखी विशेष कार्यदल गण प्रथम भएको छ ।

नम्बर २१ गण दक्षिणकाली द्वितीय र नम्बर २० विपद् उद्धार गण तृतीय भएको बताइएको छ । प्रतियोगितामा दौड, फुटबल, भलिबल र व्याडमिन्टन खेलहरु समावेश थिए ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताका विजयी टिम र खेलाडीहरुलाई नायव महानिरीक्षक थापाले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको हो । समापन कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख, वडा नम्बर ११ र १२ का वडअध्यक्ष लगायत बाहिनी मातहत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिति रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू