सञ्चारमन्त्रीको आग्रह : सञ्चारमाध्यमहरु भजनमण्डली बन्न भएन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरूलाई भजनमण्डली नबन्न सल्लाह दिनुभएको छ । उहाँले रेडियो नेपालको ७३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भजनमण्डलीको सन्दर्भ उल्लेख गर्नुभएको हो ।

उहाँले भजनमण्डली नबनुन् भन्ने उद्देश्यले सैद्धान्तिक मान्यतासहित प्रसारण ऐनलाई संसदमा पुर्याइको बताउनुभयो । मन्त्री शर्माको भनाइ छ, ‘प्रसारण ऐन पारित भइसकेपछि सञ्चारमाध्यममा नयाँ वातावरण सिर्जना हुनेछ ।’ 

उहाँले सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको जानकारी पनि दिनुभयो ।

टिप्पणीहरू