हिजोदेखि रसुवागढी नाका पूरै खुला,उताको अध्यागमन सुचारु

भिडियो : सिन्ह्वा

चीनले हिजोदेखि नेपालसँगको प्रमुख नाका केरुङ पूर्णरुपमा खुल्ला गरेको छ । चीनको तिब्बतसँग जोडिएका नेपाली नाकामध्ये केरुङ अर्थात रसुवागढी नाका सबैभन्दा ठूलो हो ।

३८ महिनादेखि आवतजावत ठप्प नाका हुँदै हिजोदेखि मानिसको ओहोरदोहोर शुरु भएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार गत डिसेम्बर २८ देखि मालसामान मात्रै आयात र निर्यात गर्न दिइएको उक्त नाकाबाट चीनले ६ सय टन सामान आयात गरेको छ । ती सामानको मूल्य १ करोड ७० लाख चिनियाँ युआन बराबर छ ।

त्यसैगरी नेपालले यसबीच ९ हजार ८ सय टन सामान आयात गरेको छ । त्यसको निम्ति नेपालले ४१ करोड ३० लाख चिनियाँ युआन भुक्तानी गरेको बताइएको छ ।

नेपाली र अंग्रेजी उच्चारणमा केरुङ भनिने उक्त नाकालाई चिनियाँ भाषामा चिलोङ्ग भनिन्छ । 

 

टिप्पणीहरू