उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत तोकिए

उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत तोकिए

निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि तोकिएको उपचुनावका लागि मुख्य निर्वाचन अधिकृतहरू नियुक्ति गरेको छ । आज न्यायपरिषद्को परामर्शमा आयोगले उपचुनाव हुन लागेका तीनवटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तोकेको हो । 

पर्सि १८ चैतदेखि लागू हुनेगरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृतहरूमा चितवन–२ का लागि चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने, बारा–२ मा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्याय र तनहुँ–१ का लागि तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य रहेका छन् । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै १८ चैतदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने र उपनिर्वाचनका लागि २० चैतमा उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।

टिप्पणीहरू