काँग्रेस नेतालाई सम्झिँदै राष्ट्रपतिको भाषण- राजनीतिमा अठोट, प्रतिवद्धता र समर्पण चाहिन्छ

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने र त्यसमा अठोट र प्रतिबद्धता चाहिने बताउनुभएको छ ।

पूर्वमन्त्री तथा कांग्रेसका स्वर्गीय नेता नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले राजनीति जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रपति पौडेलले राजनीति भनेकै देश र जनताको सेवा रहेको पनि बताउनुभयो । राजनीतिज्ञमा हुने गुण स्वर्गीय जोशीमा रहेको स्मरण गर्दै उहाँले देश र समाज परिवर्तन तथा जनताको सेवाका लागि जोशी सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू