राष्ट्रपति गोरखाबाट फर्केपछि आँखा अस्पताल जाने

राष्ट्रपति गोरखाबाट फर्केपछि आँखा अस्पताल जाने

राष्ट्रपति रामचन्द्र पौडेल गोरखा जानुभएको छ । उहाँ गोरखकाली मन्दिरमा पूजापाठ र गोरखा दरबार अवलोकनमा निस्कनुभएको हो । गोरखाबाट फर्केपछि उहाँ दिउँसो राजधानीमा आयोजना गर्न लागिएको नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको स्वर्ण जयन्ती कार्यक्रममा सरिक हुने कार्यक्रम छ । 

कार्यक्रम आँखा अस्पताल त्रिपुरेश्वरमा दिउँसो साढे २ बजे राखिएको छ । राष्ट्रपति बिहान ९ बजे गोरखा प्रस्थान गर्नुभएको हो । उहाँ सेनाको हेलिकोप्टरमा जानुुभएको छ । राष्ट्रपति पौडेल सेनाको ९ एन अगुस्ता हेलिकोप्टरमा शीतल निवास सामुन्ने रहेको सेनाको भैरवनाथ गणमा रहेको हेलिप्याडबाट त्यसतर्फ जानुभएको बताइएको छ ।
 

टिप्पणीहरू