प्रधानसेनापति पोखराबाट, एमाले अध्यक्ष र उपसभामुख भद्रपुरबाट

प्रधानसेनापति पोखराबाट, एमाले अध्यक्ष र उपसभामुख भद्रपुरबाट

एमाले अध्यक्ष केपी शर्मा ओली भद्रपुरबाट राजधानी फर्कनुभएको छ । हिजो गृह जिल्ला जानुभएका अध्यक्ष ओली काठमाडौं आउनुभएको हो । उहाँ यति एअरलाईन्सको उडानमा दिउँसो साढे ४ बजे आइपुग्नुभएको बताइन्छ ।

त्यसअघि उपसभामुख इन्दिरा रानामगर पनि आजै भद्रपुरबाट काठमाडौं आउनुभएको हो । उहाँ सौर्य एअरको उडानमा दिउँसो पौने ४ बजे राजधानी आइपुग्नुभएको संसद सचिवाल स्रोतले बतायो । 

प्रधान सेनापति प्रभुराम शर्मा ७ सदस्यीय टोलीसहित सेनाको हेलिकोप्टरमा काठमाडौं आउनुभएको छ । हिजो पोखरा जानुभएका शर्मा आज दिउँसो सवा ३ बजे सेनाको ९एन आरएएम अगुस्ता हेलिकोप्टरमा फिर्ता हुनुभएको हो । उहाँ कास्की र तनहुँमा भएको भूतपूर्व सैनिक सम्मेलनमा भाग लिन हिजो ९ सदस्यीय टोलीका साथ त्यता जानुभएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर पनि आज भैरहवा पुगेका छन् । मेयर बालेन साह र उपमेयर सुनिता डंगोल साढे ४ बजे बुद्ध एअरको उडानमा त्यसतर्फ प्रस्थान गरेको महानगरपालिका स्रोतले बताएको छ ।

टिप्पणीहरू