आइएमई र मिडासको सहकार्यमा धुलिखेल अस्पतालमा मोबाइल एप

आइएमई र मिडासको सहकार्यमा धुलिखेल अस्पतालमा मोबाइल एप

आइएमई ग्रुपले धुलिखेल अस्पतालमा आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ । मिडास टेक्नोलोजिजसँग सहकार्य गरेर आइएमईले धुलिखेल अस्पतालमा मोबाइल एप सञ्चालनमा ल्याएको हो । 

यो एपमार्फत बिरामीहरुले सजिलै र सुविधाजनक तवरले अस्पतालमा ‘अनलाइन अपोइन्टमेण्ट’ बुकिङ्ग गर्न सक्ने बताइएको छ । त्यस्तै, प्रयोगशाला रिपोर्टहरु पनि एपबाटै प्राप्त गर्न सकिने छ । उक्त व्यवस्थाले बिरामी अस्पतालसम्म ओहोरदोहोर गर्ने, लाइनमा उभिनुपर्ने झण्झटको अन्त्य गर्ने र समयको बचत हुने दाबी गरिएको छ । 

आइएमईकाअनुसार एपमार्फत् नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डद्वारा प्रदान हुने बीमाको सुविधा प्राप्त गर्ने, निःशुल्क रुपमा टिकट बुक गर्ने, आफ्नो बीमाबारे जानकारी लिने व्यवस्था पनि मिलाइएको छ । 

मिडास टेक्नोलोजीले विकास गरेको मोबाइल एप सन् १९९६ देखि सञ्चालनमा छ । यो एपले बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको कम्पनीको दाबी छ ।

टिप्पणीहरू