सर्वोच्चका श्रीमानहरु श्रीलंका हुँदै फिर्ता

सर्वोच्चका श्रीमानहरु श्रीलंका हुँदै फिर्ता

पूर्वप्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका दुईजना बहालवाला न्यायाधीश विदेशबाट फर्किनुभएको छ । 

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीश सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा श्रीलंकन एयरलाइन्सको युएल १८१ उडानबाट आज मध्याह्न काठमाडौँ आइपुग्नु भएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभाग स्रोतका अनुसार उहाँहरुसँगै उच्च अदालत तुल्सीपुरका न्यायाधीश सरला कुमारी पाण्डे पनि हुनुहुन्छ । 

न्यायाधीश प्रधान फागुन ३० गते श्रीलंकाको राजधानी कोलम्बो हुँदै माल्दिभ्स जानुभएको थियो ।

यो पनि...

1. रविलाई उम्क्याउने निर्णयको कागज खोज्दै युवराज महान्यायाधिवक्ता कार्यालयमा

2. विदेशमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षा कोषमा आवद्धता सुनिस्चित

टिप्पणीहरू