रविलाई उम्क्याउने निर्णयको कागज खोज्दै युवराज महान्यायाधिवक्ता कार्यालयमा

रविलाई उम्क्याउने निर्णयको कागज खोज्दै युवराज महान्यायाधिवक्ता कार्यालयमा

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पासपोर्ट काण्डमा उन्मुक्ति दिने निर्णयको प्रमाणित प्रतिलिपि माग्दै महान्यायधिवक्ता कार्यालयमा निवेदन परेको छ । 

सर्वोच्च अदालतमा रिट हालेर लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले आज रामशाह पथस्थित महान्यायाधिवक्ता कार्यालयमा निर्णयसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गराएका हुन् । १५८२२ दर्ता नम्बर रहेको निवेदनमा लामिछानेमाथि मुद्दा चलाउन नपर्ने गरी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय र प्रहरी अनुसन्धान प्रतिवेदनको प्रमाणित प्रतिलिपि माग गरिएको छ ।  

महान्यायधिवक्ता कार्यालयले अस्ति चैत ६ गते लामिछानेमाथि लागेको राहदानी दुरुपयोगको कसूरमा थप अनुसन्धान अघि नबडाउने र मुद्दा पनि नचलाउने निर्णय गरेको थियो । लामिछानेलाई सफाई दिने उक्त निर्णयविरुद्द कानुनी लडाई लड्ने तयारीमा रहेका युवराजले आज 'निर्णयको प्रतिलिपि पाउँ' भन्दै निवेदन दिएका हुन् । 

नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा (३) र (७) अनुसार मागिएको विवरण उपलब्ध गराइदिन युवराजले महान्याधिवक्ता कार्यालयलाई अनुरोध गरेका छन् । 

लामिछानेलाई मुद्दा चलाउन नपर्ने भनि जिल्ला प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च अदालत सरकारी वकिलको कार्यालयले बुझाएको प्रतिवेदन झिकाउन माग गर्दै उनले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दर्ता गराएका थिए ।

यो पनि...

1. विदेशमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षा कोषमा आवद्धता सुनिस्चित

2. भारतीय राजदूत विराटनगर उडे

3. भारतमा बेवारिस बालकहरु नेपाल फर्काइए

4. बुद्धको जप्ने ठाउँमै अशुद्ध

टिप्पणीहरू