घोडेजात्राको दिन राहदानी विभाग बन्द नहुने

घोडेजात्राको दिन राहदानी विभाग बन्द नहुने

राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा प्रवाह गर्ने भएको छ । 

आज सूचना प्रकाशित गर्दै विभागले सरकारद्धारा घोडेजात्राको दिन सार्वजनिक बिदा दिने घोषणा गरेपनि विभागले सेवा प्रवाह नरोक्ने बताएको हो । विभागका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म कार्यालय खुल्नेछ । 

सूचनामा भनिएको छ, ‘मंगलबार घोडेजात्राको दिन बिहान १० बजेदेखि दिउँसो २ः३० बजेसम्म कार्यालय खोलिने व्यवहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ ।’

टिप्पणीहरू