बेलारुसमा अलपत्र परेका महिलाको उद्धार गर्न समाजवादीको माग
नेकपा एकीकृत समाजवादीले बेलारुसमा अलपत्र ९ जना नेपाली महिलाको तत्काल उद्धार गर्न नेपाल सरकारसँग माग गरेको छ ।
रोजगारीका लागि बेलारुस पुगेका महिलाहरु अलपत्र परेपछि समाजवादीले विज्ञप्ति जारी गर्दै स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएको हो । पीडित महिलाहरुलाई उद्धार गरिदिन आग्रह गर्दै विज्ञप्तिमा उनीहरुलाई पठाउने व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग पनि गरेको छ ।
बढी तलब पाउने प्रलोभनमा परेर मँहगो रकम तिरेर बेलारुस पुगेका ९ जना महिलाको बिचल्ली भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफूहरुले तीन महिनादेखि तलब नपाएको र भोकभोकै बस्नुपरेको भन्दै उनीहरुले तत्काल उद्धार गरी नेपाल फर्काउने प्रबन्ध मिलाइदिन सरकार र नागरिक समाजसंग आग्रह गरेका छन् ।
पीडित महिलाहरुकाअनुसार म्यानपावर कम्पनीले मासिक ६५० डलर तलब दिने प्रलोभन देखाएपछि उनीहरु त्यहाँ पुगेका हुन् ।
टिप्पणीहरू