काभ्रेका बालकृष्ण मध्यराति कालिमाटीबाट पक्राउ

काभ्रेका बालकृष्ण मध्यराति कालिमाटीबाट पक्राउ

काठमाडौँको कालिमाटीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१ घर भई हाल काठमाडौँको टंकेश्वर बस्ने ३० वर्षीय बालकृष्ण ठकुरी लागूऔषधसहित समातिएका हुन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा उनलाई गएराति कालिमाटीबाट नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीले उनको साथबाट २४ ग्राम ब्राउनसुगर, १ थान डिजिटल तराजु, २ लाख ३९ हजार ५ सय नगद, प्याकिङ गर्न प्रयोग गरिने प्लाष्टिकहरु, ३ थान मोबाइल र बागमती प्रदेश ०२–०२४ प २९३३ नम्बरको मोटरसाइकल बरामद गरेको छ । 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू