जलवायु परिवर्तनको असर कम गर्न पाकिस्तानमा वृक्षारोपण अभियान

जलवायु परिवर्तनको असर कम गर्न पाकिस्तानमा वृक्षारोपण अभियान फोटो स्रोत : सिन्ह्वा

पाकिस्तानको राजधानी शहर इस्लामावादमा वर्षा याम शुरु नहुँदै वृक्षारोपण थालिएको छ । हिउँदलगत्तै थालिएको यो अभियान जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न गरिएको बताइएको छ ।

वसन्त वृक्षारोपण अभियान २०२३ नाममा अहिले राजधानीका खुल्ला स्थान र सडक छेउमा रुख रोप्न सर्वसाधारण र अभियानकर्मीहरु व्यस्त देखिन्छन् । यसमा महिलाहरुको पनि उत्तिकै सहभागिता रहेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

टिप्पणीहरू