भरतपुरकी मेयर स्वदेश फिर्ता,मन्त्री र पूर्वमन्त्रीहरुको नयाँ दिल्लीतिर लर्को

भरतपुरकी मेयर स्वदेश फिर्ता,मन्त्री र पूर्वमन्त्रीहरुको नयाँ दिल्लीतिर लर्को

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल हिजो साँझ जापानबाट स्वदेश फर्कनुभएको छ । उहाँ नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४३४ मा साँझ ५ बजे काठमाडौं ओर्लनुभएको हो ।हिजै भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मा नयाँ दिल्ली फर्कनुभएको छ । उहाँ गत हप्ता प्रधानमन्त्रीको भारत भ्रमणवारे छलफल गर्न काठमाडौं आउनुभएको थियो ।

नेपाल एअरलाइन्सको विमानमा स्वदेश आउनुभएका राजदूत शर्मा भिस्तारा एअरको उडानमा हिजो साँझ सवा ५ बजे त्यसतर्फ जानुभएको हो ।  सोही उडानमा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा पनि रहनुभएको बताइएको छ ।

त्यसैगरी कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुध्दिकुमार राजभण्डारी र पूर्वमन्त्री ज्वालाकुमारी साहसमेत हिजो साँझ ५ बजे इण्डिगो एअरलाइन्सको उडानमा नयाँ दिल्ली गएको विमानस्थल कार्यालय स्रोतले पुष्टि गरेको छ । साहसँगै अन्य तीन जना पनि त्यसतर्फ गएका छन् । उनीहरुमा अमृत शर्मा बजगाईं, राजकुमार कट्टेल र चित्रा श्रेष्ठ राभण्डारी हुन् ।
 

टिप्पणीहरू