राष्ट्रपति पौडेलको पहिलो हस्ताक्षरमार्फत इजिप्टका लागि नेपाली राजदूतलाई थप कार्यभार

राष्ट्रपति पौडेलको पहिलो हस्ताक्षरमार्फत इजिप्टका लागि नेपाली राजदूतलाई थप कार्यभार

राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ र पदभार ग्रहणसँगै एउटा फाइलमा हस्ताक्षर गर्नुभएको छ । उहाँले राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पौडेलले संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

यसअघि उहाँलाई आजै दिउँसो शीतल निवासमा आयोजित विशेष समारोहमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बाहिरिनुभएको छ ।

टिप्पणीहरू