मनिष डाँगी उत्कृष्ट युवा खेलाडी घोषित

मनिष डाँगी उत्कृष्ट युवा खेलाडी घोषित

फुटबलर मनिष डाँगीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनी उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् । मनिषले फुटबलकै प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई पछि पारेर उक्त अवार्ड हात पारे ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रतिभाशाली खेलाडी मनिष तीब्र गतिमा बल लिएर दौडिनसक्ने क्षमताका कारण चर्चामा छन् । इराकविरुद्ध उत्कृष्ट गोल गरेर चर्चा बटुलेका उनले गत वर्ष साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध आकर्षक गोल गरेका थिए ।

टिप्पणीहरू