उम्मेदवारी दर्ता अगावै भोट माग्दै रामचन्द्र पौडेल

उम्मेदवारी दर्ता अगावै भोट माग्दै रामचन्द्र पौडेल

नेपाली काँग्रेसद्वारा राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार सिफारिस भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मदेवारी दर्ता अगावै भोट मागेका छन् । पौडेलले केहीबेर अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेर निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई आफ्नो पक्षमा मतदान गराइदिन आग्रह गरेका हुन् ।

नेता पौडेल सभापति लामिछानेको निवासमा पुगेर भोटको अपिल गरेका हुन् । यता एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले दिउँसो १ बजेको समयमा उम्मेदवारी दर्ता गरिसक्नुभएको छ । फागुन २५ गते हुने निर्वाचनको निम्ति आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दर्ता गर्ने समय तोकिएको छ ।

टिप्पणीहरू