जडिबुटीद्वारा कर्मचारी माग

जडिबुटीद्वारा कर्मचारी माग

जडीबुटी उत्पादन तथा प्रशोधन लिमिटेडले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले सातौं तह (उपप्रबन्धक) देखि चौथों तह (सहायक मेकानिक्स) सम्मका लागि खुला तथा समावेशीतर्फ आवेदन मागेको हो ।

आज सूचना प्रकाशित गर्दै कम्पनीले प्राविधिक बोटानी, कृषि, प्रशासन, लेखा, फार्मेसीसहितका क्षेत्रमा कर्मचारी मागेको छ । त्यस्तै, कम्पनीका अधिकृत, योजना अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक, ओभरसियर, ब्वाइलर अपरेटरसम्म जागिर खुलेको छ । 

कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवदेन दिन अनुरोध गरेको छ । उक्त समयावधिभित्र आवेदन नदिएकाले दोब्बर दस्तुर तिरेर थप सात दिनको समय पाउने छन् । 

त्यस्तै, कार्यक्षमता मूल्यांकन तथा आन्तरिक प्रतियोगिताबाट बढुवा गर्ने प्रयोजनाका लागि समेत आवेदन खुला गरिएको जनाइएको छ । जसमा प्रबन्धकदेखि वरिष्ठ सहायकसम्म रहेका छन् ।

टिप्पणीहरू