आइएमई पेबाट टिकट काटे फिल्म हलमा ५० रुपैयाँ नगद फिर्ता

आइएमई पेबाट टिकट काटे फिल्म हलमा ५० रुपैयाँ नगद फिर्ता

आइएमई पे र क्युएफएक्स सिनेमाजबीच ‘आइएमई पे डे एट क्युएफएक्स’ नामक अफरको सम्झौता भएको छ ।

उक्त अफरअन्तर्गत ग्राहकले क्युएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पेमा बुधबारको दिन फिल्म टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको नगद फिर्ता हरेक हप्ता प्राप्त गर्न सक्नेछन् । अफर अवधिभर हरेक बुधबारको खरिदमा लागू हुने यस अफरअन्तर्गतको लाभ प्रयोगकर्ताले एक दिनमा एक पटक मात्र प्राप्त गर्न सक्ने बताइएको छ । 

त्यसपछि प्रयोगकर्ताले पुनः अर्को बुधवार मात्र सो अफर लिनसक्ने बताइएको छ । साथै, आगामी दिनका लागि लाइभ भएका टिकटहरु पनि बुधवारका दिन खरिद गर्दा ग्राहकले छुट पाउनेछन् । कम्पनीले यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलमा लागू गरेको जनाएको छ ।

हिजो भएको सम्झौता आदानप्रदान कार्यक्रममा आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले उक्त अफर डिजिटल भुक्तानी माध्यम प्रोत्साहनको निम्ति उचित कदम भएको बताए । त्यस्तै, क्युएफएक्स सिनेमाजकी व्यापार विकास प्रमुख तृप्ती गिरीले आइएमई पेसँग आवद्ध भएर गरिएको पछिल्लो अफरबाट चलचित्र प्रेमीलाई सहज हुने र थप ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गरिन् ।

टिप्पणीहरू