श्रीमतीलाई खाल्डो खनेर पुर्ने श्रीमान पक्राउ

श्रीमतीलाई खाल्डो खनेर पुर्ने श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । समातिनेमा उदयपुर घर भई झापाको अर्जुनधारा ८ बस्दै आएका ३३ वर्षीय मनोज बस्नेत छन् । उनले ४५ वर्षीया श्रीमती कल्पना पोखरेलको हत्या गरी घरदेखि दुई सय मीटर पर चौरमा खाडल खनेर गाडेको अवस्थामा प्रहरीले फेला पारेको बताइन्छ । 

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरका अनुसार बस्नेतले गत बुधबार राति साढे १० बजेतिर श्रीमतीको हत्या गरेर शव चौरमा गाडेका थिए । चौरमा गाडेपछि बस्नेतले श्रीमती हराएको हल्ला फिजाएका थिए । चार दिनदेखि खोजी गर्ने क्रममा शंका लागेर बस्नेतलाई सोधपुछ गर्दा श्रीमतीलाई हत्या गरेर गाडेको उनले स्वीकार गरेका थिए ।


 

टिप्पणीहरू