म्याराथनमा सहभागी हुन नेपाली खेलाडी टोली बंगलादेश प्रस्थान

म्याराथनमा सहभागी हुन नेपाली खेलाडी टोली बंगलादेश प्रस्थान

 बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन नेपाली खेलाडीको टोली एक छिनअगाडि बंगलादेश गएको छ । 

ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली केही बेरअघि बंगलादेश प्रस्थान गरेको हो । 

पाँच–पाँच महिला र पुरुष खेलाडीसहित प्रशिक्षक विमला रानामगर गरी ११ जना धावक धाविकाहरु बंगलादेश एयरको विमानबाट गएका हुन् । 

जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम बिष्ट र करणबहादुर खड्काले प्रतिस्पर्धा गर्नेछन् । 

त्यस्तै,महिलातर्फ विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र पार्की र सन्तोषनाथ योगी तथा महिलामा सन्तोषी श्रेष्ठ, राजपुर पछाईं र रेखा बिष्टले खेल्ने छन् । 

म्याराथन सकाएर शनिवार फर्किने तय भएको छ ।

टिप्पणीहरू