उता खेल्ने, यता पूजा र हामे गर्ने

उता खेल्ने, यता पूजा र हामे गर्ने

आज राति यस पटकको विश्वकपको फाइनल खेल हुँदैछ । अर्जेण्टिना र फ्रान्सबीच हुने अन्तिम खेलमा तिनका समर्थकले विभिन्न कार्य गर्दै आएका छन् । 

अर्जेण्टिनाको समर्थनमा झापा, दमककी एक युवतीले बिहानै पूजापाठ गरेकी छन् । हेटौंडाका एक युवकले पनि अर्जेन्टिनाको पक्षमा होम लगाएका छन् । ‘आफ्नो परिवार, समाज र मुलुकको बारेमा यस्ता खेलप्रेमी कहिले जागरुक हुने ?’ होम लगाएको सुनेपछि हेटौंडाका युवाहरुले सोधेका छन् ।

टिप्पणीहरू