कतार र अष्ट्रेलियाका राजदूत एभरेष्ट बेस क्याम घुमेर फर्किए

कतार र अष्ट्रेलियाका राजदूत एभरेष्ट बेस क्याम घुमेर फर्किए

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हाली सगरमाथाको आधारशिविर पुगेर फर्किएका छन् । श्री एयरको हेलिकप्टरमा आज बिहान सोलुखुम्बुस्थित आधारशिविर पुगेका राजदूत युसुफ दिउँसो काठमाडौँ फर्किएका हुन् । 

त्यस्तै, अष्ट्रेलियन राजदूत एच ई फेलिसिटिले पनि आजै सगरमाथाको आधारशिविर भ्रमण गरेका छन् । उनी अल्टिट्युड एरको हेलिकप्टरमा बेशक्याम्प घुमेर दिउँसो काठमाडौँ फर्किएका हुन् । 

यता, पूर्वमन्त्री तथा जसपा नेपालका नेता मोहम्मद इश्तियाक राई गृहजिल्ला बाँकेबाट काठमाडौँ आएका छन् । उनी श्री एयरको जहाजबाट दिउँसो ३ बजे काठमाडौँ उत्रिएका हुन् ।

टिप्पणीहरू