कोटेश्वरमा फरक दलका नेताहरु क्रमश:

कोटेश्वरमा फरक दलका नेताहरु क्रमश:

पछिल्ला दिनमा बालुवाटार र खुमलटारमा  झैं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पनि भेटघाट बाक्लो हुन थालेको छ । अस्ति एमाले सचिव रघुवीर महासेठलाई समय दिनुभएका अध्यक्ष नेपाललाई  निवासमा गएर हिजो बिहान ९ बजे माओवादी केन्द्रका नेता तथा सर्लाहीबाट पूर्व मन्त्री रामेश्वर राय यादवले भेट गर्नुभएको थियो ।

यादवले भेटेलगत्तै अध्यक्ष नेपालसँग बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्माले झण्डै ४५ मीनेट कुराकानी गर्नुभएको बताइन्छ ।

टिप्पणीहरू