मोबाइलबाट हान्ने,मार्ने खेलवालाहरुको पब्जी ग्लोबल च्याम्पियनसिपमा छिर्यो नेपाल

मोबाइलबाट हान्ने,मार्ने खेलवालाहरुको पब्जी ग्लोबल च्याम्पियनसिपमा छिर्यो नेपाल

नेपालको व्यवसायिक पब्जी टोली डिआरएस गेमिङ पब्जीको ग्लोबल च्याम्पियनसिप २०२२ को फाइनल चरणमा प्रवेश गरेको छ। डिआरएसले च्याम्पियनसिपको अंक तालिकामा शीर्ष पाँचभित्र स्थान बनाएसँगै फाइनल चरणमा स्थान बनाएको हो ।  

उसले १२ खेलबाट ३८ एलिमिनेस अंक र एक चिकेन डिनरसहित जम्मा १११ अंक ल्याउन सफल भयो । जससँगै डिआरएस चौथो स्थानमा रह्यो । अन्तिम चरणमा छनोट भएसँगै डिआरएसले एक करोड रुपैयाँ बढी रकम प्राप्त गर्नेछ । 

फाइनल चरणका खेल आगामी इन्डोनेसियाको राजधानी जकार्तामा आगामी जनवरी ६ देखि ८ सम्म हुनेछ। यो प्रतियोगितामा नेपालको अर्को टोली ट्रेन टु किलले पनि सहभागिता जनाउनेछ । 

ट्रेन टु किलले पनि यसअघि छनोटबाट अन्तिम चरणमा स्थान बनाएको थियो ।
 

टिप्पणीहरू