सुकुम्बासी हटाउनुअघि वैकल्पिक व्यवस्थाको माग

सुकुम्बासी हटाउनुअघि वैकल्पिक व्यवस्थाको माग

भूमि अधिकार तथा श्रमिक संगठनले वर्तमान सरकारले सुकुम्बासीमाथि आंतक मच्चाएको आरोप लगाएको छ ।  विगत १८ वर्षदेखि बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरुलाई राज्यले उठीबास लगाउन खोजेको संगठनले बताएको हो । संगठन अध्यक्ष शान्ता चौधरीले विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरुका लागि वैकल्पिक बासस्थानको व्यवस्थापन गर्न माग गरेकी छन् ।

वैकल्पिक व्यवस्थापन नगर्ने तर बल प्रयोग गरेर सुकुम्बासी हटाउन खोज्नु गैरकानुनी र अमानवीय भएको चौधरीको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘व्यवस्थित वा वैकल्पिक व्यवस्था नगरी बल प्रयोगद्वारा हटाउन खोज्नु अमानवीय एवम् गैरकानुनीसमेत भएको हुँदा यस्तो अमानवीय कार्य नगर्न–नगराउन हुन सरकार एवम् सरोकार निकायलाई संगठन हार्दिक अपिल गर्दछ ।’

बल प्रयोग गरी घरटहरा हटाई गरिबको उठिबास गर्न खोजेमा त्यसबाट सिर्जना हुने घटनाको जिम्मेवार स्वयम् सरकार हुने पनि संगठनले जनाएको छ ।

टिप्पणीहरू