विश्वकप फुटबल : अर्जेन्टिनालाई साउदी अरबले हरायो

विश्वकप फुटबल : अर्जेन्टिनालाई साउदी अरबले हरायो

कतारको राजधानी दोहामा भइरहेको फिफा विश्वकप अन्तर्गत भर्खरै सकिएको खेलमा साउदी अरबले अर्जेन्टिनालाई पराजित गरेको छ । समूह ‘सी’ को खेलमा अर्जेन्टिनालाई साउदी अरबले १ को विरुद्ध २ गोल गरेको हो ।

अर्जेन्टिनालाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । सालेश एन्हेरी र सालिम अल्लावासरीले गरेको गोलका कारण साउदी अरबले अर्जेन्टिनालाई पराजित गरेको हो ।अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेलको १०औं मिनेटमा गोल गरेका थिए ।
 

टिप्पणीहरू