उत्तर कोरिया नजिकै जापान र अमेरिकाको संयुक्त सैन्य अभ्यास

उत्तर कोरिया नजिकै जापान र अमेरिकाको संयुक्त सैन्य अभ्यास

जापान र संयुक्त राज्य अमेरिकाले जापानी भूभाग अधिनस्थ सागरमाथिको हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेका छन् । जापानका रक्षा अधिकारीहरूले उक्त अभ्यासको पुष्टि गर्दै उत्तर कोरियाले जापानी सागरमा हिजो क्षेप्यास्त्र प्रहार गरेपछि जवाफमा संयुक्त सैन्य अभ्यासलाई अघि बढाएको बताएका छन् ।

उत्तर कोरियाले प्रहार गरेको ब्यालिस्टिक मिसाइल जापानको होक्काइडोभन्दा पश्चिममा रहेको विशेष आर्थिक क्षेत्र (ईईजेड) भित्रको समुद्रमा खसेको जापानको दाबी छ । ‘जापान वरपर बढ्दो गम्भीर सुरक्षा वातावरणबीच जापान सेल्फ डिफेन्स फोर्स र अमेरिकी सशस्त्र बलहरूले द्विपक्षीय अभ्यास गरेका हुन्,’ जापानी रक्षा मन्त्रालयद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यता उत्तर कोरियाले भने औपचारिका रुपमा त्यसबारे केही बताएको छैन । तर आफ्नो भूभागको सार्वभौममाथि देखापरेको चुनौतीको सामना गर्न उत्तर कोरिया तयार रहेको सांकेतिक जवाफसहित क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

टिप्पणीहरू