मतदाताले यसरी चिन्ने भए समानुपातिक उम्मेदवारलाई

मतदाताले यसरी चिन्ने भए समानुपातिक उम्मेदवारलाई

निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारलाई परिचय पत्र उपलब्ध गराउने भएको छ । 

आइतबार हुन लागेको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारलाई परिचय पत्र दिन लागिएको हो । 

अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरु परिचय पत्र माग गर्न आएमा उनीहरुलाई तोकिएको ढाँचाबमोजिम परिचय पत्र उपलब्ध गराइदिन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । 

आयोगले मातहतका निर्वाचन कार्यालयलाई निर्देशन दिँदै भनेको छ, ‘समानुपातिकतर्फका उम्मेदवारलाई प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचय पत्रबमोजिमको विवरणसहित तोकिएको ढाँचामा परिचय पत्र उपलब्ध गराउनु ।’

टिप्पणीहरू