बलियो उम्मेदवारको पक्षमा सहमति खोज्न काँग्रेसको निर्देशन

बलियो उम्मेदवारको पक्षमा सहमति खोज्न काँग्रेसको निर्देशन

नेपाली काँग्रेसले मित्रवत प्रतिस्पर्धा गरिएका निर्वाचन क्षेत्रमा बलियो उम्मेदवारको पक्षमा सहमति खोज्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । 

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज पार्टीका तल्ला तहसम्मको पार्टी कमिटीलाई परिपत्र गर्दै गठबन्धन दलहरुबीच मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको क्षेत्रमा उम्मेदवार बलियो भएको दलसँग सहमति खोज्न निर्देशन दिएका हुन् । 

त्यस्तै, मतदानका दिन प्रत्यक्षतर्फका उम्मेदवारले मात्र बुथमा प्रतिनिधि राख्न पाउने भएकाले हरेक बुथमा गठबन्धनका सबै पार्टीका प्रतिनिधि राख्ने व्यवस्था मिलाउन भनिएको छ ।  साथै, पार्टीसँग जोडिएका सबै नेता–कार्यकर्ता मतदान सम्पन्न नभएसम्म आफ्नो क्षेत्रको मतदान प्रक्रियामा अनिवार्य उपस्थित हुनुपर्ने परिपत्रमा उल्लेख छ ।

टिप्पणीहरू