विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने

विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने

कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न नेपालभित्रका टेलिभिजन दर्शकले अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ । विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको छ । 

उक्त रिटमाथि सुनुवाइ गर्दै कात्तिक २२ गते सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त पाँच सय रुपैयाँ शुल्क उठाउने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न÷नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर, आज न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ ।

मिडिया हबको आगामी कतारमा हुने विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त पाँच सय शुल्क लिने निर्णयविरुद्ध अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

टिप्पणीहरू