भीरबाट लडिन् गौरा,ठाउँमै ठहरै

भीरबाट लडिन् गौरा,ठाउँमै ठहरै

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खर काट्ने क्रममा लडेर सिगास गाउँपालिका ४ बरमकी अन्दाजी ४५ बर्षीया गौरा बोहराको मृत्यु भएको स्थानीय मीनबहादुर बोहराले बताए ।

खर काट्नका लागि शनिवार बिहानै घर नजिकैको सिउँडाधार भन्ने भीर गएकी बोहराको लडेर मृत्यु भएको हो । उनी भीरबाट तल खोलामा खसेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो चलिरहेको छ । हिउँदमा गाईवस्तुका लागि खर काटेर थुपार्ने चलन रही आएको स्थानीय रविन्द्र साउदले बताए।

उक्त ठाउँमा खर काट्ने क्रममा भीरबाट लडेर बर्षेनी धेरै महिलाले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रही आएको पाइएको छ।

टिप्पणीहरू