अटो दुर्घटना : ५ घाइते, बालकको अवस्था गम्भीर

अटो दुर्घटना : ५ घाइते, बालकको अवस्था गम्भीर

बाँकेमा अटोरिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । राप्तीसोनारी गाउँपालिका–८ मा आज बिहान अटो पल्टिँदा उनीहरु घाइते भएका हुन् ।

भे.१ ह २३६४ नम्बरको अटो अनियन्त्रित भइ पल्टिएको बताइन्छ । दुर्घटनामा घाइते भएका पाँचै जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दाङका ८ वर्षीय राजन बाठा मगरको अवस्था गम्भीर छ । अटो चालकले भने घाइतेहरुको उपचारमा सहयोग गरिरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू