मुलुकबाट रातारात भागेका राष्ट्रपति घुमेको घुम्यै

मुलुकबाट रातारात भागेका राष्ट्रपति घुमेको घुम्यै

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्यान्ड पुगेका छन् । यसअघि सिंगापुरमा थिए । तर, सिंगापुरको प्रवेशाज्ञा (भीसा) सकिएपछि उनी सँगै जोडिएको मुलुक थाइल्याण्ड छिरेका हुन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार मुलुकभित्र आफूविरुद्ध थामी नसक्नुको आन्दोलन चर्किएपछि गत जुलाई १३ मा श्रीलंकाली सेनाको हवाईजहाज चढेर राजापाक्षे रातारात मालदिभ्स पुगेका थिए । माल्दिभ्सबाट उनी केही घण्टामै सिंगापुर गएका हुन् ।

अहिले सिंगापुरको भीसा सकिएपछि उनी मुलुक फिर्ता हुने अवस्था नरहेकाले अघोषित शरण माग्दै बैंकक पुगेको बताइन्छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आफ्नो सरकारले राजापाक्षेलाई मानवीयताको आधारमा अस्थायी शरण दिएको बताएका छन् ।

टिप्पणीहरू