दुबैजना महानिरीक्षकलाई अमेरिका पठाइने
नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल दुवैजनालाई अमेरिका पठाइने भएको छ ।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्युयोर्कमा आगामी भदौ १६ गतेदेखि सञ्चालन हुने तेस्रो युएनकोप्स कार्यक्रममा सहभागी हुन सिंह र अर्याललाई त्यहाँ पठाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।
राष्ट्र संघका सदस्य मुलुकका प्रहरी प्रमुखहरुको सम्मेलनलाई युएनकोप्स भनिन्छ । उक्त कार्यक्रम प्रायः राष्ट्र संघको मुख्यालयमा आयोजना गरिन्छ ।
टिप्पणीहरू