साम्राज्य सताउने शैतानको सरदार
राजेन्द्र स्थापित
बुराम बुहराम जेमेदारको जन्म भारतको जबलपुरमा भयो । बाल्यकालमा लजालु स्वभावका थिए । १० वर्षकै उमेरमा मध्यप्रदेशभरि आतंक फैलाइरहेका ठग र डाँका सइद अमिर अलि उनको मित्र बने । त्यसो त सइद बुहरामभन्दा २५ वर्षले जेठो थिए । सइदको संगतमा बुहराम पनि ठग बने । उनीसित मिलेर मान्छे मार्न र गाउँमा आतंक मच्चाउन थाले । उमेरले सानो भए पनि गाउँले उनीसित डराउँथे । सइदले बुहरामजस्ता अन्य केटाकेटी पनि जम्मा पारेका थिए, आफ्नो ग्याङमा । उनले बुहरामलाई केटाकेटीको ड…