जिम्मी निशम पोखरामा अनुबन्धित, आकाश चोप्रापनि नेपाल आउने
काठमाडौं । न्युजिल्याण्डका चर्चीत अलराउन्डर जिम्मी जिशम दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) खेल्न नेपाल आउने भएका छन् । शुक्रबार बिहान पोखरा एभेन्जर्सले सामाजिक सञ्जालमार्फत निशमलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
निशम लगातार दोस्रोपटक एनपीएल खेल्न नेपाल आउने भएका हुन् । यसअघि उनले गत संस्करण जनकपुर बोल्ट्सबाट एनपीएल खेलेका थिए । उनको अलराउण्ड प्रदर्शनको मद्दतमा जनकपुरले पहिलो संस्करणको उपाधि जितेको थियो ।
यस सिजनपनि उनलाई रिटेन गर्ने बुझिएपनि आईस…